नम्रता र दयाहाङलाई क्यूएफएक्स अवार्ड : फोटो कथा

0

क्यूएफएक्स सिनेमाजले १७ औं वार्षिकोत्सव मनाएको छ । होटल सोल्टी क्राउन प्लाजामा आयोजित समारोहमा नेपाली फिल्म, कर्पोरेट क्षेत्र र लब्ध प्रतिष्ठित व्यक्तित्वको उपस्थिती थियो ।

उक्त अवसरमा नेपाली फिल्मको ट्रेन्ड सेटिङमा योगदान दिने ६ जनालाई क्यूएफएक्स अवार्डले सम्मान समेत गरियो । जसमा अभिनेत्री नम्रता श्रेष्ठ, अभिनेता दयाहाङ राई, निर्देशकहरु भुषण दाहाल, निश्चल बस्नेत, रामबाबु गुरुङ र डान्स करियोग्राफर रेनशा राई छन् ।

जमघटमा बोल्दै क्यूएफएक्स संचालक भाष्कर ढुंगानाले गुणस्तर र सेवा विस्तार आफूहरुको उद्देश्य रहेको बताए । जय नेपाल संचालनलाई क्यूएफएक्सले एनिभर्सरी मान्ने गरेको छ ।

संचालक ढुंगानाले नेपालमा हलिउड फिल्म प्रदर्शन, डिजिटल प्रविधिको विस्तार र मल्टिप्लेक्स स्थापनामा आफूहरुको संघर्षलाई स्मरण गरे । ‘देवदास र स्पाइडरम्यान मध्ये एउटा फिल्म प्रदर्शन गर्नुपर्ने विकल्प थियो, हामीले स्पाइरम्यान छान्यौं’ उनले भने, ‘किनभने हामीले अंग्रेजी फिल्म देखाउने बेन्चमार्क सेट गर्नु जरुरी थियो ।’

प्रमुख कार्यकारी अधिकृत रोशन अडिगाले दशैंदेखि भक्तपुर, बिराटनगर र भैरहवामा क्यूएफएक्सका तीन हल थपिने बताए । क्यूएफएक्स प्रमुख नकिम उद्दिन, राजेश सिद्धि समेत सहभागि थिए ।

Share.

About Author

Leave A Reply