‘छक्का पञ्जा २’ दशैंमा इन्टरनेट रिलिज हुने, दीपकराज गिरीले लेखे ‘फिलिङ सरी’

0

‘छक्का पञ्जा २’ आगामी दशैंमा इन्टरनेट रिलिज हुने भएको छ । निर्माता दीपकराज गिरीले फेसबुकमार्फत दशैंमा फिल्म रिलिज हुने जनाए । उनले फेसबुक स्टाटसमा ‘फिलिङ सरी’ लेखेका छन् जसको अर्थ यो समयमा निकै महत्वपूर्ण छ ।

दशैंमा ‘छ माया छपक्कै’ रिलिज नहुने पक्का भएपछि ‘छक्का पञ्जा २’लाई इन्टरनेटमा भएपनि रिलिज गर्न लागिएको हो । यसको अर्थ हो, दशैंको सुरुआत आगामी १० गते घटस्थापना छेकोमा ‘छक्का पञ्जा २’ हाइलाइट्स नेपालको युटयुव च्यानलमा आउनेछ ।

सोही दिनमा अशोक शर्मा निर्देशित ‘रातो टीका निधारमा’ समेत प्रदर्शन हुँदैछ । ‘छ माया छपक्कै’ चाहिँ असोज २४ मा प्रदर्शन हुँदैछ । रिलिज डेट घोषणा भएपनि ‘फिलिङ सरी’ मेन्सन गर्नुले दीपकराज गिरीको वर्तमान मनोविज्ञान बुझ्न सकिन्छ । लामो समयदेखि सुपरहिट फिल्म ‘छक्का पञ्जा २’लाई इन्टरनेट रिलिज गर्न दर्शकले माग गरेका थिए ।

Share.

About Author

Leave A Reply