बुसानमा नेपाली फिल्म ‘अमा खान्डो’ प्रिमियर हुँदै

0

मुस्ताङी भाषाको नेपाली फिल्म ‘अमा खान्डो’ बुसान अन्तराष्ट्रिय फिल्म फेस्टिभलमा प्रिमियर हुने भएको छ । असोज २२ र २३ गते बुसानमा प्रिमियर हुने निर्माता कम्पनी मिडिया पोर्टले जनाएको छ ।

निर्माता प्रवीण कार्कीका अनुसार प्रिमियरमा भाग लिन निर्देशक धोन्डुप छिरिङ गुरुङ बुसान जाँदैछन् । ७ वर्षे छोरालाई पाल्न अर्काको कृषिकर्म गर्ने एक अशिक्षित र मिहेनती २६ वर्षे खान्डोको कथा फिल्मले पेश गर्छ ।

निर्देशक गुरुङले प्रिमियरपछि सहभागिसँग अन्तक्रिया पनि गर्नेछन् । आगामी महिना सुरु हुने बुसान फेस्टिभलमा ८५ देशका तीनसय ३ फिल्म देखाइँदैछ । १२० फिल्म प्रिमियर हुँदैछ ।

Share.

About Author

Leave A Reply