प्रियंका चोपडालाई दोस्रोपटक हलिउडमा पिपुल च्वाइस अवार्ड

0

प्रियंका चोपडाले दोस्रोपटक पिपुल्स च्वाइस अवार्ड जितेकी छन् । हलिउड टीभी सिरिज ‘क्वान्टिको’मार्फत उनले फेवरेट टिभी एक्ट्रेस विधामा अवार्ड जितेकी हुन् ।

गतवर्ष पनि उनले सोही सिरिजमार्फत न्यू एक्ट्रेस विधामा अवार्ड जितेकी थिइन् । यी अभिनेत्रीले एबीसीको उक्त सिरिजबारे केही टिप्पणी गरेपछि विवादमा तानिएकी थिइन् ।

‘ड्रामा क्वीन बन्न पाएकोमा म निकै खुशि छु र सोही अनुसारको काम पनि गरेकी छु’ उनले भनिन्, ‘सबै दर्शकलाई धन्यवाद । यो निकै महत्वपूर्ण यात्रा रह्यो ।’

हलिउडमा लगातार सफलता चुमिरहेकी प्रियंका बलिउडकी ए लिस्टर अभिनेत्री हुन् । उनी अभिनित हलिउड सिनेमा बे वाच यसैवर्ष रिलिज हुँदैछ ।

Share.

About Author

Leave A Reply