‘लप्पन छप्पन’लाई चार दिनमा १.६४ करोड ग्रस

0

दयाहाङ राई र सौगात मल्ल स्टारर ‘लप्पन छप्पन’ले चार दिनमा घरेलु बक्सअफिसमा १.६४ करोड ग्रस कमाएको छ । मुलुकका झन्डै ७० पर्दाबाट फिल्मले उक्त कमाइ गरेको हो ।

चार दिनमै मोफसलबाट फिल्मले ५५ लाख कमायो । सोही दिनमा काठमाडौं टेरिटोरीबाट शुक्रबार ३२ लाख, शनिबार ४५ लाख, आइतबार १५ लाख र सोमबार १७ लाख कमायो ।

मिश्रित समिक्षाका बाबजुद मुकुन्द भट्ट निर्देशित फिल्मले उक्त आम्दानी गरेको हो । मल्टिप्लेक्स र एकल पर्दामा यो क्राइम थ्रीलर ड्रामा प्रदर्शन भैरहेको छ ।

Share.

About Author

Leave A Reply