‘छक्का पञ्जा २’ इन्टरनेट रिलिज, तान्ला नेटिजनको दशैं मुड ?

0

इन्टरनेटमा रिलिज नगर्ने भनिएपनि ‘छक्का पञ्जा २’ भिडियो साझेदारी साइट युट्युवमा लन्च भएको छ । निर्माता एवं अभिनेता दीपकराज गिरीले फेसबुकमा ब्रेकिङ न्यूज भन्दै रिलिजको जानकारी दिएका थिए ।

असोज २४ गते आफ्नो फिल्म ‘छ माया छपक्कै’ रिलिज हुने भएपनि छक्का पञ्जाको दोस्रो श्रृंखलालाई केही साताअघि मात्र इन्टरनेटमा ल्याउन लागिएको हो । निर्देशक दीपाश्री निरौलाले छक्का पञ्जा ३ समेत इन्टरनेटमा चाँडै आउने जनाएकी छन् ।

ब्लकबस्टर फिल्म ‘छक्का पञ्जा २’ले इन्टरनेट दर्शकबाट कस्तो प्रतिक्रिया प्राप्त गर्ला, यो चासोको विषय बनेको छ । क्यूएफएक्सहितका मल्टिप्लेक्समा व्यवसायिक कीर्तिमान राखेको छक्का पञ्जा २ लाई तपाईँ तल हेर्न सक्नुहुन्छ ।

Share.

About Author

Leave A Reply