नेपालमा ‘र्‍याम्बो’को चलेन जादु, सिल्भर स्टालोनसँग पुस्तान्तर ग्याप कारण ?

0

सिल्भर स्टालोन स्टारर प्रतीक्षित सिक्वेल ‘र्‍याम्बो : द लास्ट ब्लड’ले नेपाल बक्सअफिसमा अपेक्षित प्रदर्शन गर्न सकेन । ‘कबड्डी ३’को लहरमा यो हलिउड फिल्म निरिह बन्यो ।

समिक्षा सुखद भएपनि नेपाली दर्शकले दयाहाङ राई स्टारर कबड्डी ३ सिरिजलाई प्राथमिक ठाने । सिल्भर स्टालोनका फ्यानको पुस्तान्तर ग्यापलाई पनि विश्लेषकले एउटा मुख्य कारण मानेका छन् ।

हाइप बिनै नेपाली सिनेमा घरमा रिलिज भएको र्‍याम्बोलाई हेरेकाले रुचाएका छन् । ‘एभेन्जर्स : एन्ड गेम’पछि नेपाली बक्सअफिसमा हलिउड अब्बल देखिएको छैन ।

एड्रिन ग्रुनबर्ग निर्देशित र्‍याम्बो सिरिजको पाँचौ श्रृंखला थियो । हलिउड मिडियाले यसलाई अन्तिम सिक्वेल बताएका छन् । यो अन्तिम फिल्मले मेक्सिकोमा अपहरण गरिएकी छोरीको उद्दारका लागि स्टालोनले गर्ने संघर्षको कथा पेश गर्छ ।

Share.

About Author

Leave A Reply