‘बादशाह जुट’ ट्रेलर : मिडिया, अपराध भर्सेस सिस्टम

0

फिल्म ‘बादशाह जुट’को अफिसियल ट्रेलर लन्च भएको छ । सोमबार वान सिनेमाजमा आयोजित समारोहमा निर्माताले एक्सन–कमेडी प्याक्ड ट्रेलर सार्वजनिक गरे ।

निर्देशक जोनीसिंह राणाले नेपाली दर्शकलाई रुच्ने ढंगले आफूले एक्सन–कमेडी फिल्म पस्किएको बताए । अभिनेता श्रेष्ठले पहिलोपटक यस्तो जनरमा काम गरेको अनुभव सुनाए ।

ट्रेलरअनुसार फिल्ममा सुशिलले एक टेलिभिजन पत्रकारको रोलमा अभिनय गरेका छन् जो रवि लामिछानेलाई आदर्श मान्छ । आमिर एक पुलिस अफिसरको भूमिकामा छन् ।

कात्तिक १५ गते रिलिज हुने फिल्मलाई राणाले निर्देशन गरेका हुन् । जो भारतबाट फिल्म सिकेर नेपाल फर्किएका हुन् । उनी निर्देशित यो डेब्यु निर्देशकीय फिल्मलाई दर्शकले रुचाउने आशा गरिएको छ ।

Share.

About Author

Leave A Reply