‘बुलबुल’ छानिएला अस्करमा ? आगामी साता घोषणा हुँदैछ मनोनयन

0

आगामी साता एकेडेमी अफ आर्ट्स एन्ड साइन्सेजले आगामी अस्कर अवार्डका लागि उत्कृष्ट अन्तराष्ट्रिय फिल्म विधातर्फका मनोनयन सार्वजनिक गर्दैछ ।

अन्तराष्ट्रिय मिडियाले सम्भावित टपनाइनको सूचि अनुमान गर्न थालेका छन् । आज अक्टोबर १ मा फिल्म बुझाउने डेटलाइन थियो र सातामै अन्तिम सूचि सार्वजनिक गर्ने तयारीमा जुटेको छ अस्कर ।

नेपालले भने हिमालय (क्यारभान)पछि उत्कृष्ट विदेशी भाषी फिल्म विधातर्फ आफूलाई मनोनयन गर्न सकेको छैन । यो लामो ग्यापलाई के यसवर्ष सिफारिस भएको ‘बुलबुल’ले तोड्ला ? धेरै नेपाली फिल्म शुभचिन्तकका लागि सोचनिय विषय बनेको छ ।

विदेशी मिडियाले भने यसवर्ष कान्स फेस्टिभल जितेका केही फिल्मले अस्करमा पनि बाजी मार्ने अनुमान गरेका छन् । दक्षिण कोरियाली फिल्म प्यारासाइटले उत्कृष्ट फिल्म र निर्देशन विधामा जित्ने अनुमान छ । स्पेनको पेन एन्ड ग्लोरी पनि चर्चामा छ ।

विनोद पौडेल निर्देशित नेपाली फिल्म बुलबुलले भने एक टेम्पु महिला चालकको जीवन संघर्ष र उसको आन्तरिक आयामको कथा भन्छ । स्वदेश र विदेशमा अवार्ड जितेको फिल्ममा स्वस्तिमा खड्काको मुख्य भूमिका थियो ।

Share.

About Author

Leave A Reply