जेम्स बन्ड फिल्म ‘नो टाइम टु डाइ’ छायांकन सकियो

0

जेम्स बन्ड श्रृंखलाको पछिल्लो फिल्म ‘नो टाइम टु डाइ’को छायांकन सकिएको छ । यसैसाता छायांकन सकिएपछि कास्ट–क्रिउको उपस्थितीमा निर्माताले भव्य भोजको आयोजना गरे ।

उक्त बेला अभिनेता डेनियल क्रेगले भावुक मन्तव्य दिए । ‘यतिबेला मैले रक्सी पिएको छु र म धेरै अगाडि जान सक्दिन । मेरो करियरमै यो एउटा उत्कृष्ट रोमाञ्चक क्षण थियो’ क्रेगले भने ।

फिल्ममा बेलायती अभिनेत्री लसाना लिन्च मुख्य भूमिकामा छिन् । यसपटक जमैकामा अधिकांश फिल्म सुट गरिएको छ । यो फिल्मलाई जेम्स बन्ड फिल्मको रुपमा डेनियल क्रेगको अन्तिम मानिएको छ ।

क्यारी फुकांगा निर्देशित फिल्मको भिलेनमा यसपटक मली रमिक छन् । गतवर्ष अस्कर जितेका यी हिरोलाई दर्शकले भिलेनको रुपमा इन्जोय लिन सक्नेछन् ।

Share.

About Author

Leave A Reply