१५ करोड क्लबका पूर्वसर्त : ‘कबड्डी ३’ को डबल–डिजिट यात्रा

0

‘कबड्डी’को तेस्रो श्रृंखलाले दोहोरो अंकको कमाइ गरेको छ । ‘छक्का पञ्जा २’पछि कुनै नेपाली फिल्मको डबल डिजिट सम्भव भएको हो । दस दिनमै १० करोड ग्रस कमाएर ‘कबड्डी ३’ले १५ करोड क्लब प्रवेशको संकेत दिएको छ । के यो सम्भव छ ?

यसका केही पूर्वसर्त छन् । भारतीय फिल्म ‘वार’ बुधबारदेखि रिलिज हुनेछ । ‘छ माया छपक्कै’ २४ गतेदेखि रिलिज हुनेछ । ‘वार’ र ‘छ माया छपक्कै’को प्रर्फमेन्समा ‘कबड्डी ३’ को आगामी कमाइको अनुपात धेरै हदसम्म निर्भर हुनेछ । प्रायः एक्सन फिल्मको लम्बाइ छोटो हुने भएकाले ‘कबड्डी’लाई फाइदा पुग्न सक्छ ।

पर्वको बेला दर्शकको लागि विकल्पहरु प्रशस्त हुन्छन् । जसले गर्दा उनीहरुको रोजाइमा चलेको फिल्म पर्छ । सुरुआती दिनमा धेरै ‘कबड्डी ३’ हेरेपनि नहेरेका अझै छन् । जसको प्रभाव यसको व्यापारमा पर्न सक्छ । ‘छ माया छपक्कै’को पर्फमेन्ससँग सीधा ‘कबड्डी ३’ को व्यापार जोडिएको छ ।

इतिहास हेरौं : गतवर्ष ‘छक्का पञ्जा ३’ले एक महिनै हलमा आफूलाई राख्यो । सुरुआती साता कमजोर देखिएको अकुपेन्सी पर्व सुरु भएसँगै पुनः उकालो लाग्यो । इतिहासको यो पुनरावृत्ति यसपटक पनि हुनसक्छ । किनभने ‘कबड्डी ३’ को सोज धेरै घटेको पनि छैन ।

Share.

About Author

Leave A Reply