‘सेल्फी किङ’लाई नबन्दै विदेशमा उच्च माग, अष्ट्रेलिया राइट २५ लाखमा

0

निर्माण अगाडि ‘सेल्फी किङलाई बिदेशबाट उच्च माग मिलेको छ । प्रसाद फेम्ड निर्माताको नयाँ फिल्मलाई लिन विदेशी प्रदर्शकबीच होड देखिएको विवरणमा जनाइएको छ ।

निर्माता सुवास थापाका अनुसार अष्ट्रेलियाका लागि ‘प्रसाद’ प्रदर्शन गरेको गोर्खे इन्टरटेनमेन्टले नै ‘सेल्फी किङ’को प्रदर्शन अधिकार खरिद गरेको छ । गोर्खेले २५ लाख रुपैयाँमा राइटस् खरिद गरेको हो ।

युरोप, अमेरिका, जापान, दक्षिण कोरिया, साउदी, युएई, हङकङ, मलेसियाबाट पनि राइट्स् खरिदका लागि प्रस्ताव आएका छन् । ती देशका वितरकसँग प्रदर्शनको लागि सम्झौता हुने जनाइएको छ ।

दिनेश राउत र थापाको संयुक्त निर्माण रहेको फिल्म ड्रामेडी (ड्रामा प्लस कमेडी) जनरको हो । ‘सेल्फी किङ’को नामले परिचित एक हाँस्य कलाकारले करियर व्यक्तिगत जीवन बीचमा सन्तुलन मिलाउन गर्ने संघर्षको कथा फिल्मले भन्नेछ । विशाल सापकोटा निर्देशक हुन् ।

शीर्ष भूमिकामा विपिन कार्कीको अभिनय छ । विपिनसहित लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा, राजेश बिसुराल छन् । आगामी महाशिवरात्री पर्वको छेकोमा फिल्म रिलिज हुँदैछ ।

Share.

About Author

Leave A Reply