नेपाली बक्सअफिसमा ‘जोकर’ बुकिङ आक्रामक

0

प्रतीक्षित हलिउड फिल्म ‘जोकर’को नेपाल एड्भान्स बुकिङ आक्रामक देखिएको छ । क्यूएफएक्सको १९ सोजमा टड फिलिप्स निर्देशित फिल्मको बुकिङ उत्साहजनक देखिएको हो ।

एभेन्जर्स एन्ड गेमपछि जोकरको ओपनिङ बलियो हुने अनुमान छ । पश्चिमा मिडियाले जकिन फिनिक्स स्टारर फिल्मलाई वर्ष २०१९ कै उत्कृष्ट फिल्म भन्दै प्रशंसा गरेका छन् । आगामी अस्करमा यसले बाजी मार्ने अपेक्षा छ ।

शुक्रबार मल्टिप्लेक्सहरुमा फिल्म रिलिज हुँदैछ । ट्रेलरबाट प्राप्त प्रतिक्रिया विश्वव्यापी उत्साहजनक छ । भारतमा फिल्मको प्रदर्शन मध्यम छ । दशैं बिदामा गुणात्मक फिल्मको आशा गर्नेलाई जोकर विकल्प हुनसक्छ ।

Share.

About Author

Leave A Reply