वार्नर ब्रोजले फिल्म नदिँदा रोकियो ‘जोकर’को नेपाल रिलिज

0

शुक्रबारको पूर्वनिर्धारित रिलिज रोकिएपछि जोकर प्रदर्शन गर्न तयार मल्टिप्लेक्स हललाई तनाव भएको छ । उनीहरु विहिबार दिउँसोभर टिकट लिइसकेकालाई रिफन्ड गर्न व्यस्त रहे । एड्भान्स बुकिङ र टिकट विक्री आक्रामक थियो ।

टी फक्स पिक्चर्सले आफूले फिल्म रिलिज गर्ने भन्दै सबै हललाई जानकारी गराएको थियो । सोही अनुसार हलहरुले सोजमात्रै सार्वजनिक गरेनन्, एड्भान्स बुकिङ खुला र टिकट विक्री समेत सुरु गरे ।

स्रोतका अनुसार भारतस्थित हलिउड वितरण कम्पनी वार्नर ब्रोजले अन्तिम समयमा नेपाली वितरकलाई फिल्म दिएन अथवा नेपाल शुक्रबार आइपुग्ने लक्षण देखिएन । आफूलाई फिल्म रिलिजमा ढिलाइ हुने जानकारी टी फक्सले पठाएको क्यूएफएक्सले जनाएको छ ।

फिल्म रिलिज रोकिएपछि ट्वीटरमा प्रशंसकले दुःखेसो गरेको छन् । आफूहरुले टिकट लिइसकेको भन्दै उनीहरुले चाँडो रिलिज गर्न दबाब समेत दिएका छन् ।

Share.

About Author

Leave A Reply