‘कबड्डी ३’ बक्सअफिस : १४ दिनमा ११.३ करोड ग्रस

0

‘कबड्डी ३’ले आक्रामक प्रदर्शनलाई कायमै राखेको छ । दयाहाङ राई स्टारर फिल्मले १४ दिनमा ११ करोड ३ लाख रुपैयाँ ग्रस कमाएको छ । निर्माता कम्पनी सिनेमा आर्टले शुक्रबार प्रेसमिट गर्दै यसबारे जानकारी दिएको हो ।

यो विकेन्डमा थप ७० लाख कमाइ गर्ने अपेक्षा वितरकको छ । दशैं बिदा र वर्ड अफ माउथको कारण फिल्मले अझै लामो जाने सम्भावना छ । दशैंको शुभकामना आदानप्रदान र सफलताको खुशि बाँड्न कबड्डीले प्रेसमिट आयोजना गरेको हो ।

निर्देशक रामबाबु गुरुङले फिल्मलाई लिएर दर्शकको पर्खाइ, कन्टेन्ट र ब्रान्ड चलेको बताए । उनले चौंथो सिरिज निर्माण गर्ने निश्चित भएको जनाउँदै चाँडै यसतर्फ जुट्ने जनाए । चौंथो सिरिजको चर्चा सुरु भएपनि रिलिजको टुंगो चाहिँ लागिसकेको छैन ।

दयाहाङ राईले कथावस्तु र ब्रान्डलाई दर्शकले रुचाएको बताए । अभिनेत्री उपसनासिंह ठकुरीले सामाजिक इस्युमा बन्ने फिल्म आफूलाई मनपर्ने जनाइन् । प्रेसमिटमा सहभागि कर्म, बुद्धि तामाङ, पुष्कर गुरुङ, विल्सनविक्रम राई लगायतले दशैं शुभकामना बाँडे ।

Share.

About Author

Leave A Reply