‘बादशाह जुट’ ट्रेलर हटाउन मुस्लिम समुदायको आग्रह

0

मुस्लिम समुदायमा आँच आउन सक्ने भन्दै नेपाल मुस्लिम संघले फिल्म ‘बादशाह जुट’को ट्रेलर युट्युवबाट हटाउन आग्रह गरेको छ । आइतबार विज्ञप्ती जारी गर्दै संघको गण्डकी प्रदेश शाखाले मुस्लिम समुदायको भावनालाई सम्मान गर्न आग्रह गरेको हो ।

गण्डकी प्रदेश प्रमुख शाह मोहम्मद मियाँद्धारा जारी विज्ञप्तीमा ट्रेलरमा प्रयुक्त संवाद र दृश्यले मिलेर बसेका जातजाति र धार्मिक समुदायमा ठेस पुग्ने भएकाले त्यसतर्फ ध्यानाकर्षण भएको उल्लेख छ ।

गण्डकी प्रदेशकै बासिन्दा समेत रहेका फिल्म निर्माता एवं निर्देशकसँग विगतमा यसबारे छलफल गरिएपनि आग्रहलाई बेवास्ता गरिएको समेत जनाइएको छ । सामाजिक संजालबाट उक्त ट्रेलरलाई तत्काल हटाउन भनिएको छ ।

जोनीसिंह राणा निर्देशित एक्सन–कमेडी फिल्ममा मुस्लिम समुदाय र आतंकवादका केही किस्सा छन् । सुशिल श्रेष्ठ स्टारर फिल्म कात्तिक १५ गते रिलिज तयारीमा छ ।

Share.

About Author

Leave A Reply