दीपक-दीपाको नयाँ फिल्म टाइटल : ‘छन् गेडी सबै मेरी’, सिमोस सुनुवार निर्देशन गर्दै

0

अहिले हलमा ‘छ माया छपक्कै’ चलिरहेको छ । तर, दीपकराज गिरी भने नयाँ फिल्म तयारीमा छन् । दीपक–दीपासँग मिलेर सिमोस सुनुवारले निर्देशन गर्न लागेको फिल्मको टाइटल मूभिमान्डुले प्राप्त गरेको छ ।

दीपक–दीपाको नयाँ फिल्मको शीर्षक हो : छन् गेडी सबै मेरी । छ शब्दलाई भाग्यमानी ठान्ने उनीहरुले यसमा पनि छबाटै टाइटल जुराएका छन् । निर्देशक सुनुवारले खबरको पुष्टि गरे ।

सुनुवारका अनुसार आगामी फागुनदेखि छायांकन सुरु हुनेछ । गिरीको भनाइलाई आधार मान्ने हो भने आगामी दशैंमा फिल्म रिलिज हुनसक्छ । सिमोस र दीपकले आ–आफ्ना ब्यानर मातहत फिल्म बनाउन लागेका हुन् । पटकथा लेखन प्रदीप भारद्धाजको हुनेछ ।

छक्का पञ्जा सिरिजलाई अझै केही वर्ष पर धकेल्दै दीपक–दीपा ‘छन् गेडी सबै मेरी’ बनाउन कस्सिएका हुन् । यसै दशैंमा मूभिमान्डुसँग कुरा गर्दै गिरीले दबंग टाइपको फिल्म बनाउने मुडमा आफू रहेको खुलासा गरेका थिए ।

Share.

About Author

Leave A Reply