भारतले फिल्म युनिभर्सिटी खोल्ने, बलिउडलाई मोदीको भव्य डिनर

0

भारतले फिल्म विश्वविद्यालय खोल्ने भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार बेलुका बलिउडका ठूला नामहरुलाई डिनर भोज दिँदै यसबारे जानकारी दिएका हुन् ।

अभिनेता शाहरुख खानले एक तस्विर ट्वीट गर्दै विश्वविद्यालय खोल्ने कुरा निकै महत्वपूर्ण भएको उल्लेख गरेका छन् । तस्विरमा मोदी र आमिर खान पनि सँगै देखिएका छन् ।

फिल्ममार्फत महात्मा गान्धीको विचारलाई विश्वव्यापीकरण गर्न समेत मोदीले बलिउड कलाकारलाई आग्रह गरेका थिए । कंगाना रनावत, ज्याकलिन फर्नान्डिजन, अक्षय कुमार, अजय देवगण, करन जोहर लगायत पनि पार्टीमा सहभागि थिए ।

 

Share.

About Author

Leave A Reply