सुशिल श्रेष्ठसँग एकछिन : ‘बादशाह जुट’ जर्नलिज्म ड्रामा पनि

0

होस्टेल रिटन्र्सबाट माया नगरी डेब्यु गर्दा सुशिल श्रेष्ठ एकाएक ‘स्टार’ बने । बादशाह जुटको विन्दुसम्म आइपुग्दा म्याचो एक्टरलाई थाहा छ, एकसे एक हैरानीको कथा ।

त्यो हैरानी अभिनयभन्दा स्टारडमलाई टिकाइराख्नु र रिलिजका लागि हुने अनेक ‘राजनीति’ । तर, यी मिजासिला एक्टर आउँदो शुक्रबार रिलिज हुने फिल्मलाई लिएर प्रफुल्ल छन् ।

फिल्ममा उनी एक इन्टर्नसिप पत्रकारको भूमिकामा छन् । रवि लामिछानेलाई उनी आदर्श मान्छन् । उनलाई ब्रेकिङ न्यूज चाहिएको छ र स्टिङ अपरेसन गर्न चाहन्छन् । पेशामा चाँडै सफल हुन खोज्ने उनको संघर्षले उनलाई कहाँ लैजाला ? शुक्रबार थाहा लाग्ला ।

अर्का एक्टर अमिर गौतमको समानान्तर भूमिकामा छन् सुशिल । अघिल्ला फिल्महरुभन्दा यसपटक सुशिललाई अलग रोलमा देख्न सकिन्छ । कमेडी र एक्सनको कम्बो छन् उनी बादशाह जुटमा । ‘मिहेनत धेरै गरेको छु र भिन्न पनि देखिएको छु’ उनले सुनाए ।

सुशिलको अर्को फिल्म ‘लभ डायरिज’ रिलिज पाइपलाइनमा छ । आफ्ना दुबै फिल्म करिब सँगै रिलिज हुने भएपछि उनलाई तनाव थियो । प्रि–पोन्ड र पोस्टपोन्ड श्रृंखलाले उनी झन्डै डिप्रेसनमा पुगे । भाग्यले बादशाह जुट रिलिज टुंगो लाग्यो र अधैर्य फ्यानलाई भन्नको लागि उनीसँग जवाफ छ ।

बादशाह जुटले दुई समानान्तर पात्रले करियरमा सफलता प्राप्तीका लागि गर्ने संघर्ष प्रस्तुत गर्छ । मुम्बइबाट नेपाल फर्किएका ठिटा जोनीसिंह राणा यसका निर्देशक हुन् र उनलाई पनि यस फिल्मबाट करियर निर्माण गर्नुछ । बादशाह जुट शुक्रबार रिलिज हुँदैछ ।

Share.

About Author

Leave A Reply