स्कुल खोल्न सियोलदेखि काठमाण्डु, कोरियाली पपगायिका नेपालमा

0

दक्षिण कोरियाली चर्चित पपगायिका बेइक जी योङले नेपालका बालबालिकालाई सघाउन विद्यालय खोल्ने भएकी छिन् । यसका लागि उनले राजधानी सियोलमा कन्सर्ट आयोजना गर्दै छिन् । कन्सर्टबाट उठेको पैसाले विद्यालय खोल्ने छिन् ।

पपगीतसम्बन्धी वेभसाइट एलेकपपले यो समाचार पहिलोपटक लेखेको हो । कन्सर्टमा भाग लिने दर्शक र उनका फ्यानहरूले योङको यो अभियानमा डोनेसन गर्न सक्नेछन् । आर्थिक सहयोग गर्नेहरूलाई उनले सीडी र टिसर्ट बाँड्नेछिन् ।

संकलित पैसालाई विद्यालय खोल्न लगाइनेछ । नेपालको कुन स्थानमा स्कुल खोलिने हो बताइएको छैन । सन् १९९९ देखि चर्चामा आएकी योङ कोरियामा रुचाइन्छिन् ।

Share.

About Author

Leave A Reply