कांग्रेस र ‘घामड शेरे’ विवाद मिल्यो, फिल्म रिलिजमा कांग्रेसले सघाउने

0

फिल्म ‘घामड शेरे’लाई लिएर उत्पन्न विवाद सुल्झिएको छ । निर्माता र नेपाली कांग्रेस मिलेर अघि बढ्न सहमत भएका छन् । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा र निर्माता एवं निर्देशक हेमराज विसीबीच बुधबार बिहान छलफल भएको थियो ।

गतसाता अभिनेता आसिफ शाहले कांग्रेस सभापति शेरबहादुर देउवाको तस्विरसहित घामड शेरे स्टाटस लेखेर फेसबुकमा पोस्ट गरेपछि नेपाल विद्यार्थी संघले विरोध जनाएको थियो । सुदुरपश्चिममा फिल्म प्रदर्शनमा रोक लगाउने चर्चा समेत भएको थियो ।

केही कांग्रेस नेताहरुले फिल्मको शीर्षक परिवर्तन गर्न समेत दबाब दिएका थिए । तर, कुनै व्यक्ति, संस्था र समुदायमा आँच नपु¥याउने र पदीय मर्यादाको सम्मान गर्ने प्रतिबद्धता निर्माताले व्यक्त गरेपछि दुई पक्षबीच सहमति जुटेको हो ।

कांग्रेसले पनि आफ्नो तर्फबाट फिल्मको स्वतन्त्र प्रदर्शनमा सहयोग गर्ने र अवरोध नगर्ने वचन दिएको छ । घामड शेरे शुक्रबार रिलिज हुँदैछ ।

Share.

About Author

Leave A Reply