बीबीसी फिल्म ‘ब्ल्याक नर्सिसस’ छायांकन मुस्ताङमा हुने

0

बीबीसीले निर्माण गर्न लागेको फिल्म ‘ब्ल्याक नर्सिसस’ छायांकन जोमसोममा हुने भएको छ । लन्डनको पाइनउड स्टुडियो र मुस्ताङमा फिल्म खिचिने बीबीसीले जनाएको छ ।

फिल्ममा जेम्मा एटर्टन र एलेजान्ड्रो निभेलाको मुख्य भूमिका हुनेछ । रुमर गडेनले सन् १९३९ मा लेखेको उपन्यासमा आधारित फिल्मले दमित यौनच्छा र वर्जित प्रेमको कथा भन्छ ।

बीबीसी वान र एफएक्स प्रोडक्सनले यसलाई सिरिजको आकार दिने पनि जनाइएको छ । ब्रस क्रिस्टेन्सनले यही फिल्मबाट डेब्यु गर्न लागेका हुन् । बीबीसीले यसअघि पनि एउटा सिरिज नेपालमा सुट गरिसकेको छ ।

यो फिल्मले चाहिँ सन् १९३० सेन्ट फेथ चर्चकी एक भिक्षुणी र उनकी बहिनी कोलोगाड (एटर्टन)ले गर्ने मुस्ताङ भ्रमणको कथा भन्छ । केही नेपाली कलाकार समेत देखिनेछन् । अक्टोबरदेखि सुटिङ सुरु हुने जनाइएको छ ।

Share.

About Author

Leave A Reply