क्यूएफएक्सको पर्दा संख्या २३ पुग्यो, भक्तपुरमा भाटभटेनी मल्टिप्लेक्स आजदेखि

0

क्यूएफएक्स सिनेमाज्को पर्दा संख्या देशव्यापी २३ पुगेको छ । तीन महिनाभित्र यो संख्यामा बढोत्तरी हुनेछ । आजदेखि भक्तपुरमा क्यूएफएक्सको नयाँ मल्टिप्लेक्स भाटभटेनी खुलेसँगै पर्दा संख्यामा वृद्धि भएको हो ।

तीन स्क्रिन मल्टिप्लेक्समा क्यूथ्रीडी प्रोजेक्सन र डल्बी एट्मस ध्वनी प्रविधि जडान गरिएको छ । सात सय सिट क्षमताको तीन हलमा रिसलाइनर सोफा पनि राखिएको छ । दर्शकले आफू अनुकुलको पोजिसनमा फिल्मको मजा लिन सक्छन् ।

तीन महिनाभित्र बुटवल र बिराटनगरमा पनि थप दुई मल्टिप्लेक्स खुल्ने रेगल सिनेमा प्रमुख एवं क्यूएफएक्स निर्देशक नकिम उद्दिनले बताए । रेगलले निर्माण गरेको यो पहिलो फिल्म हल हो । हलसँगै विहिबार नेपाली फिल्म घामड शेरे पनि प्रिमियर गरियो ।

Share.

About Author

Leave A Reply