‘घामड शेरे’ प्रिमियर : फिल्म हेरेपछि सेलेव्रिटी भन्छन् –कन्टेन्ट बलियो

0

‘घामड शेरे’को भव्य प्रिमियर विहिबार बेलुका क्यूएफएक्सको नयाँ भक्तपुर मल्टिप्लेक्समा भयो । सेलेव्रिटी, फिल्म निर्माता, मिडिया र अन्य अतिथिले फिल्म हेरेपछि मीठो प्रतिक्रिया दिए ।

निर्देशक प्रदीप भट्टराईले कन्टेन्टमा काम भएको भन्दै प्रशंसा गरे । ‘हेमराजजी लभस्टोरी फिल्मको बादशाह मानिनुहुन्छ तर, यसपटक उहाँले कन्टेन्टमा काम गर्नुभएको छ’ उनले भने ।

अभिनेत्री लुनिभा तुलाधरले घामड शेरेमा मनोरञ्जन र विषयवस्तुमा सन्तुलन मिलाइएको बताइन् । ‘यसमा कन्टेन्ट र इन्टरटेनमेन्टको समायोजन छ । सबै खाले दर्शकलाई इन्जोय हुन्छ’ कबड्डी फेम्ड एक्ट्रेसले भनिन् ।

अभिनेता गौरव पहारी र गायक एवं साइँली फिल्म निर्माता हेमन्त रानाले बच्चाको एउटा हृदयविदारक प्लट र दृश्यले आफूहरुलाई छोएको बताए । निर्माता एवं निर्देशक अशोक शर्माले निर्देशकको रुपमा विसी अब माथि उठेको भन्दै प्रशंसा गरे ।

अभिनेता केदार घिमिरेले बाढी पीडित पात्रको मनोविज्ञान र कृषि प्रधान देशको समस्यालाई फिल्मले चित्रण गरेको बताए । अभिनेता संयम पुरीले पर्दा पछाडि आफू सक्रिय भएपनि फिल्मसँग इन्जोय गरेको बताए । निर्देशक दीपेन्द्र लामाले रोचक कहानी भएकाले हेर्नुपर्ने बताए ।

प्रिमियरमा निश्चल बस्नेत र स्वस्तिमा खड्का पनि उपस्थित थिए । तर, मिडियासँग उनीहरुको भलाकुसारी भएन । बीसी मोसन पिक्चर्सले निर्माण गरेको फिल्म शुक्रबारदेखि रिलिजमा आएको छ ।

Share.

About Author

Leave A Reply