गोविन्द शाही प्रिमियरबाटै पक्राउ, प्रहरी भन्छ –अदालतको आदेश अटेर गरेकाले समातेका हौं

0

फिल्म निर्माता गोविन्द शाही दोस्रोपटक पक्राउ परेका छन् । फिल्म ‘लिलिबिली’ निर्माण गर्दा करिब एक करोड रुपैयाँ हिनामिना गरेको आरोपमा उनलाई महानगरीय प्रहरी परिसर भक्तपुरले विहिबार बेलुका पक्राउ गरेको हो ।

फिल्म घामड शेरे प्रिमियरमा सहभागि हुन भक्तपुरको भाटभटेनीस्थित क्यूएफएक्स पुगेका शाहीलाई सादा पोशाकका प्रहरीले पक्राउ गरेका हुन् । उनलाई अदालतले यसअघि नै पक्राउ पुर्जी जारी गरिसकेको छ ।

महानगरीय प्रहरी परिसर र प्रहरी वृत्त कालिमाटीले पक्राउ गर्न सहयोग मागेपछि भक्तपुर प्रहरी परिसरले उनलाई समातेको हो । भक्तपुर प्रहरी परिसर प्रमुख सविन प्रधानका अनुसार शाहीलाई कालिमाटी वृत्तको जिम्मा लगाइएको छ ।

कालिमाटी वृत्तका प्रहरी नायव उपरिक्षक रुगम कुवँरका अनुसार अदालतले उपस्थिती हुन दिएको आदेशलाई अटेर गरिएकाले समातिएको बताए । यसअघि नै पक्राउ पूर्जी जारी भएकाले उनलाई समातिएको कुवँरले बताए । सुदीप खड्का र मिलन चाम्ससँग मिलेर शाहीले वर्षअघि लिलिबिली निर्माण गरेका थिए ।

Share.

About Author

Leave A Reply