प्रधानमन्त्रीले दिए मिस वर्ल्डमा सघाउने बचन, अनुष्का दशदिनपछि लन्डन उड्दै

0

प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न विश्व सुन्दरी प्रतियोगितामा नेपाल सरकारको तर्फबाट सहयोग गर्ने वचन दिएका छन् । शनिबार मिस नेपाल वर्ल्ड अनुष्का श्रेष्ठ ओलीलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेकी थिइन् ।

‘सरकारको तर्फबाट के सहयोग गर्न सकिन्छ, हामी तयार छौं’ ओलीको भनाइ उध्दृत गर्दै श्रेष्ठले भनिन्, ‘उहाँलाई भेटेर निकै खुशि भएकी छु ।’ उनले सरकारको प्रमुखको तर्फबाट मिलेको वचन र शुभकामनाले आत्मविश्वास जागेको समेत बताइन् ।

लन्डनमा डिसेम्बरमा हुने मिस वर्ल्डको आगामी संस्करणमा भाग लिन अनुष्का दश दिनपछि त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ । सरकारले असहयोग गरेको गुनासो आइरहेको बेला प्रधानमन्त्री र मिस नेपालीबीच भेट भएको हो ।

Share.

About Author

Leave A Reply