‘क्याराभान २’ छायांकन पोस्टपोन्ड, वर्ष २०२० मा सुटिङ हुने

0

अस्कर अवार्ड मनोनित फिल्म हिमालय (क्याराभान)को दोस्रो सिक्वेल वर्ष २०२० मात्र छायांकन हुने भएको छ । मूभिमान्डुसँग इमेल कुरा गर्दै निर्देशक एरिक भ्यालीले स्क्रिप्ट लेखनले गर्दा प्रोजेक्ट केही समय ढिलो हुने जानकारी गराए ।

अहिले पटकथा लेखनको काम जारी छ । बुझिएअनुसार दुई चरणमा छायांकन सुरु हुने फिल्मको कास्टिङ तय गर्ने काम स्क्रिप्ट लेखनपछि हुनेछ । फिल्मका दुई मुख्य पुरुष पात्र फाइनल छन् । फिमेल लिडबारे भने अडिसन त भएको छ तर फाइनल छैन ।

पेरिसमा रहेका निर्देशक भ्याली काठमाडौं आइपुगेपछि कामले गति लिनेछ । यसपटक मनाङ र काठमाडौंमा फिल्मांकन हुनेछ । काठमाडौंको ठमेल र ललितपुरको पाटनपनि खिचिनेछ । नेपाली निर्मातासँग सहकार्य गरेर फ्रान्सेली कम्पनीले फिल्म बनाउन लागेको हो ।

Share.

About Author

Leave A Reply