‘चपली हाइट ३’ छायांकनमा, पाँच मंसिरदेखि सुटिङ हुँदै

0

‘चपली हाइट’को तेस्रो श्रृंखला छायांकनलाई तयार छ । मंगलबार ललितपुरस्थित कार्यविनायक मन्दिरमा आयोजित शुभसाइतमा निर्माता, निर्देशक र कलाकार सहभागि रहे ।

स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम लगायत मुख्य भूमिकामा छन् । प्रदर्शन मिति चाँडै तय गरिने निर्माता अर्जुन कुमारले जनाए । निकेश खड्काले निर्देशन गर्ने अघिल्ला दुई सिरिजलाई दीपेन्द्र खनालले निर्देशन गरेका थिए ।

मंसिर ५ गतदेखि क्राइम थ्रीलर ड्रामा छायांकन जानेछ । निर्माता कुमारले पटकथा र अभिनयलाई बलियो तुल्याइएको बताए ।

Share.

About Author

Leave A Reply