‘जोकर’को सिक्वेल घोषणा, विश्व बक्सअफिसमा १ बिलियन मार्क

0

नेपालसहित विश्वभर चर्चा बटुलेको हलिउड फिल्म ‘जोकर’को दोस्रो श्रृंखला निर्माण हुने भएको छ । ज्याकिन फिनिक्सले निर्देशक टड फिलिप्ससँग दोस्रोपटक सहकार्य गर्ने खबर हलिउड रिपोर्टर म्यागजिनले लेखेको छ ।

जोकरले विश्व बक्सअफिसमा उछाल कमाइ गर्दै १ बिलियन डलर कमाइ गरेको छ । तर, यस फिल्मलाई हेर्ने दृष्टिकोणलाई लिएर भने विश्व विभाजित छ । सिक्वेल बनाउन निर्देशक फिलिप्स र वार्नर ब्रोज प्रमुख टबी एमेरिकबीच छलफल भएको छ ।

डीसी कमिक्समा आधारित फिल्मले १ बिलियन कमाएको यो चौंथोपटक हो । २०१८ मा आक्वाम्यानले (१.१५ बिलियन), २०१२ को द डार्क नाइट राइजेजले १.०८ बिलियन, द डार्क नाइटले १ बिलियन कमाएका छन् ।

Share.

About Author

Leave A Reply