१३ फिल्मद्धारा अफिसियल रिलिज डेट तय : कुन–कुन फिल्म कुन डेटमा लाग्दैछन् ?

0

१३ नेपाली फिल्मले मंगलबारसम्म औपचारिक रिलिज डेट घोषणा गरेका छन् । जसमध्ये चैत २८ को प्रतिस्पर्धालाई हेभिवेट भीडन्तको रुपमा लिइएको छ । उक्त मितिमा चपली हाइट ३ र प्रेमगीत ३ रिलिज हुँदैछन् ।

 मंसिर ६ गते चच हुइ, १३ गते सरौतो, २० गते माछा माछा, २७ मा बाह्रसत्ताइस प्रदर्शन पाइप–लाइनमा छन् ।

पुस १८ गते साम्तेन भुटिया निर्देशित सुस्केरा रिलिज हुनेछ । माघ ३ गते ‘बाह्र सत्ताइस’ रिलिज हुँदैछ । माघ २४ गते विराज भट्ट स्टारर ‘साङ्लो’ र ‘सेल्फी किङ’ प्रदर्शन तयारीमा छन् । फागुन ९ गते ‘सेन्टी–भाइरस’ र ‘आमा’ लाग्नेछन् ।

फागुन २३ गते ‘म यस्तो गीत गाउँछु २’ प्रदर्शन तयारीमा छ । चैत ७ गते ‘लक्का जवान’ रिलिज हुनेछ । चैत २८ गते अर्थात नेपाली नयाँवर्षको छेकोमा प्रदीप खड्काको’ प्रेमगीत’ र अर्जुन कुमारको ‘चपली हाइट’ लाग्नेछन् ।

Share.

About Author

Leave A Reply