‘माछा माछा’ पात्र एनाटोमी : यसरी जन्मियो एउटा क्राइम–सागा

0

‘माछा माछा’ लेख्नुअघि सुनिल गुरुङसँग एउटा कुराको आइडिया थियो । पात्रहरु साथी भएपनि झगडा चाहिँ हुनुपर्ने । उनको यो डेब्यु निर्देशनले सहरको अपराध कथा भन्छ ।

‘कथा लेख्न बस्नु अघि नै दिमागमा सौगात दाईलाई राखेको थिएँ’ भन्छन, ‘दुई वर्ष कुरेँ । अहिले रिजल्ट तपाइँहरुको हातमा छ ।’ देखे, भोगेको कथावस्तुलाई फिल्ममा प्रस्तुत गरेको उनले जनाए ।

‘म यसलाई अन्डरडग फिल्म वा अर्को भनेर छुट्याउन चाहन्न’ गुरुङ भन्छन्, ‘कलेजमा मैले लेखेको कथालाई सिनेमा आर्टलाई बुझाएको हो ।’ प्रतिष्ठित व्यानरसँग काम गर्दा दबाब महसुस भैरहेको उनले सुनाए ।

नेपाल प्रहरीले अपराध तथ्यांक घटेको दाबी गरेपनि फिल्महरु चाहिँ धमाधम क्राइम जनरमा बन्नुलाई सुनिलले स्वभाविक बताए । निर्माता रामबाबु गुरुङले सुनिलबाट निर्देशकीय अपेक्षा गरिएको बताए ।

अभिनेता सौगात मल्ल यसपटक पनि लाउड पात्रमा छन् । ‘पात्र छान्ने वा कुन गर्ने भन्ने कुरा निर्देशकको हातमा हुन्छ’ उनी भन्छन, ‘मैले सोअनुसार गर्ने हो ।’ अभिनेत्री नम्रता श्रेष्ठले छोटो भूमिका भएपनि दर्शकले आफूलाई रुचाउने बताइन् ।

माछा माछा शुक्रबार देशव्यापी प्रदर्शन हुँदैछ ।

Share.

About Author

Leave A Reply