बुटवलमा क्यूएफएक्सको तीन स्क्रिन मल्टिप्लेक्स आजदेखि, देशभर २६ पर्दा पुग्यो

0

क्यूएफएक्सले शुक्रबारदेखि बुटवलमा तीन पर्दासहितको मल्टिप्लेक्स संचालनमा ल्याएको छ । योसहित देशभर क्यूएफएक्सका २६ पर्दा पुगेका छन् ।

रेगल सिनेमाले निर्माण गरेपनि व्यवस्थापन चाहिँ क्यूएफएक्सले गर्नेछ । भक्तपुरपछि रेगलको यो दोस्रो हल हो ।

भाटभटेनी भवनमा खुलेको मल्टिप्लेक्सको सिट क्षमता ३ सय ६८ रहेको रेगल प्रमुख नकिम उद्दिनले बताए । यसैमहिना बिराटनगरस्थित भाटभटेनी भवनमा पनि दुई पर्दासहितको मल्टिप्लेक्स संचालनमा आउँदैछ ।

Share.

About Author

Leave A Reply