नेपाल र बेलायतबीच फिल्म म्युजियम बनाउने सहमति

0

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले चलचित्र विकास बोर्डद्वारा प्रकाशित फिल्म ट्राभल गाइड पुस्तिका लन्च गरेका छन् । नेपालमा फिल्म लोकेसनबारे सघाउ पुग्ने आशा यसबाट लिइएको छ ।

सोही अवसरमा मन्त्री बाँस्कोटाको रोहबरमा चलचित्र विकास बोर्ड र ब्रिटिस काउन्सिलबीच चलचित्र संग्रहालय तथा अन्य सहकार्यका लागि समझदारी पत्र (एमओयु)मा हस्ताक्षर भयो ।

मन्त्री बाँस्कोटाले नेपाल आफैं फिल्म छायाङ्कनको लागि प्राकृतिक स्टुडियो भएको बताए । विदेशीलाई नेपाली सौन्दर्य र यहाँ छायांकन गर्ने सुविधाबारे जानकारी गराउन नेपाली कुटनीतिक नियोगमार्फत् उक्त ट्राभल पुस्तिका विश्वमाझ पुग्ने आशा मन्त्रीले लिए ।

चलचित्र ऐन अहिले मन्त्रालयबाट मन्त्रीपरिषदमा पठाइएको जानकारी गराउँदै उनले अब उक्त ऐन कानून मन्त्रालयमा जाने र त्यसपछि संसदमार्फत पारित हुने उनले जनाए ।

इन्डोर सुटिङ स्टुडियोको लागि सरकारले काभ्रेमा जग्गा खोजेको पनि मन्त्री बाँस्कोटाले जानकारी गराए । बालाजुको एनएफडिसीको जग्गा फिर्ता लिन कानुनी पहल गर्ने उनले बताए । बोर्ड र ब्रिटिस काउन्सिलबीच भएको सम्झौताले नेपाली चलचित्र उद्योगलाई फाइदा पुग्ने विश्वास लिएको उनले बताए ।

Share.

About Author

Leave A Reply