‘छड्के २’ छायांकन अप्रिलदेखि, यसपटक टन्नै छन् सरप्राइज

0

फिल्म ‘छड्के २’ छायांकन अप्रिल (चैत–बैशाख)देखि सुरु हुने भएको छ । आगामी दशैंलाई प्रदर्शन मिति तोकेको फिल्मलाई यसवर्षको प्रतीक्षित मूभिको रुपमा लिइएको छ ।

निर्देशक निगम श्रेष्ठले अधिकांश कलाकार पुरानै भागबाट दोहोरिने बताए । तर, कलाकारको औपचारिक जानकारी भने प्रेसमिटमार्फत गराइने भएको छ । ‘कास्ट र अरु हिसाबले पनि छड्के २ अघिल्लोभन्दा ठूलो हुनेछ’ श्रेष्ठले मूभिमान्डुलाई भने ।

यो ग्याङस्टर कमेडी फिल्मले गतमहिना एक पोस्टर सार्वजनिक गर्दै दशैंलाई रिलिज डेट तय गरिसकेको छ । चितवन, मनाङ र मुस्ताङमा फिल्म छायांकन हुनेछ ।

निर्माताले यसपटक टन्नै सरप्राइज दर्शकलाई दिन चाहेका छन् । २०१३ मा रिलिज भएको अघिल्लो भागले पनि राम्रो समिक्षा प्राप्त गरेको थियो ।

Share.

About Author

Leave A Reply