म यस्तो गाउँछु २ : पहिलो गीत तिम्रो घरको लन्च

0

सुदर्शन थापाले निर्देशन गरेको फिल्म ‘म यस्तो गीत गाउँछु २’को पहिलो गीत इन्टरनेट रिलिज भएको छ । तिम्रो घरको वरिपरि बोलको गीतलाई अर्जुन पोखरेलले कम्पोज गरेका छन् ।

सोनम तोप्देन र अस्मिता अधिकारीले स्वर दिएका छन् । पल शाह र पूजा शर्मा गीतमा फिचर्ड छन् । सुदर्शन र पूजाले निर्माण गरेको फिल्म फागुन २३ गतेदेखि रिलिज हुँदैछ ।

नेपाल र भारतको सन्दकपुर, इलाम र पाँचथारमा फिल्म खिचिएको थियो । दिनेश न्यौपाने र शिवम अधिकारीले फिल्म लेखेका हुन् । हरिहर शर्मा, दिनेश डीसी मुख्य भूमिकामा छन् ।

Share.

About Author

Leave A Reply