चिनियाँ फिल्म फेस्टिभल : आज ‘द ग्रेटवाल’ देखाइँदै

0

यस वर्षको चिनियाँ फिल्म महोत्सव राजधानीको कुमारी हलमा सुरु भएको छ । पर्यटनमन्त्री योगेश भट्टराई र चिनियाँ राजदूत हाउ यान्छीले शुक्रबार महोत्सव शुभारम्भ गरे । फिल्ममार्फत चिनियाँ पर्यटकको आगमन वृद्धि हुने आशा उनले गरे ।

पहिलो दिन चीनको ७० औं वार्षिकोत्सवको अवसरमा बेइजिङमा आयोजित सैन्य परेडको विषयमा बनेको डकुमेन्ट्री देखाइएको थियो ।

शनिबार चीनका विश्वचर्चित निर्देशक चाङ युमुद्धारा निर्देशित द ग्रेटवाल प्रदर्शन गरिने भएको छ । जनवरी ५ मा पोखरा र ८ मा लुम्बिनीमा फेस्टिभल आयोजना हुनेछन् ।

Share.

About Author

Leave A Reply