‘वर्गाकार’ आमा : रुचाउलान् नयाँ सिनेमटोग्राफी ट्रेन्ड ?

0

पछिल्लो समय वर्गाकार सिनेमटोग्राफीको ट्रेन्ड विश्व फिल्ममा छ । हलिउडका डीओपी यसतर्फ लोभिएका छन् । वाइड दृश्य अब उनीहरुको रोजाइमा पर्न छोडेको छ । यसमा उनीहरुका आफ्नै तर्क छन् ।

नेपालमा दीपेन्द्र के खनालले यो ट्रेन्डलाई पछ्याएका छन् । यी निर्देशक एवं छायांकारले आफ्नो पछिल्लो फिल्म ‘आमा’लाई यसैगरि खिचेका छन् । हुन त क्यामेराको सेटिङअनुसार फ्रेम सिर्जना गर्नु नौलो होइन । यद्यपी, यसलाई प्रयोग चाहिँ मान्न सकिन्छ ।

‘अझै गहिरोरुपमा दर्शक र पात्रबीच सम्बन्ध बनाउन खोजेको हुँ’ मूभिमान्डुसँग खनालले भने, ‘वर्गाकार फ्रेमले दर्शकलाई पात्र र फिल्मको मनोविज्ञानमा लिएर जानेछ ।’ फिल्ममा अधिकांश दृश्य अस्पतालको खिच्नुपर्ने भएकाले भित्ता हटाउन वाइड दृश्य प्रयोग नगरेको दीपेन्द्रको तर्क छ ।

पशुपतिप्रसाद फेम्ड निर्देशक एवं लेखक निर्देशित आमा अर्को महिना रिलिज हुँदैछ । शर्मिला पाण्डेको निर्माण रहेको फिल्मले ट्रेलर वर्गाकार स्वरुपमै रिलिज गरेको थियो भने फिल्म पनि वर्गाकारमै प्रदर्शन हुने जनाइएको छ ।

Share.

About Author

Leave A Reply