नेफ्टा फिल्म अवार्ड काठमाडौंमा, भ्रमण वर्ष २०२० लाई सघाउने

0

विदेशमा अवार्ड गर्दै आएको चलचित्र प्राविधिक संघ (नेफ्टा)ले आगामी संस्करण काठमाडौंमा गर्ने भएको छ । आगामी चैत दोस्रो साता टुँडिखेल मैदानमा अवार्ड समारोह गर्ने जानकारी सोमबार राजधानीमा आयोजित प्रेसमिटमा दिइयो ।

अवार्डबारे जानकारी दिन आयोजित प्रेसमिटमा प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाल, अभिनेता राजेश हमाल लगायत सहभागि थिए । खनालले देश विकासका लागि फिल्मको भूमिका महत्वपूर्ण हुने बताए । अभिनेता हमालले आफ्नो २५ वर्षे करियरमा प्राविधिकले योगदान दिएको बताए ।

३२ विधामा हुने अवार्ड आयोजनालाई नेफ्टा र ड्रीम हाइ नेपालले सहकार्य गर्ने भएका छन् । यसअघि नेफ्टाले नेपालसहित मलेसिया, हङकङ, कतार र दुबइमा अवार्ड गरिसकेको छ ।

‘नेपाल भ्रमण वर्षका लागि योगदान पुग्ने उद्देश्यले यसपटक नेपालमै अवार्ड गर्ने निधो गरेका हौं’ अध्यक्ष पुष्कर लामाले मूभिमान्डुलाई भने, ‘नेपालमा अवार्ड गर्दा यहाँको पर्यटनमा टेवा पुग्ने र सबै प्राविधिकले भाग लिन पाउने आशा छ ।’

Share.

About Author

Leave A Reply