‘सेल्फी किङ’ ट्रेलर : सेलेव्रिटी, स्टारडम र मान्छेको मूल्य

0

बिपिन कार्की स्टारर ‘सेल्फी किङ’ले ट्रेलर रिलिज गरेको छ । मंगलबार राजधानीमा आयोजित प्रेसमिटमा विशाल सापकोटा निर्देशित ड्रामाबारे जानकारी दिइयो ।

फिल्मले एक सेलेव्रिटीले गुमेको पहिचान फिर्ता ल्याउन गरेको संघर्ष पेश गर्छ । लामो समय निर्देशन गरेका दिनेश राउतले यसै फिल्ममार्फत निर्माणमा डेब्यु गर्दैछन् ।

प्रेसमिटमा निर्देशक सापकोटाले हलिउड फिल्म ‘जोकर’बाट प्रभावित भएको भन्ने आरोपको खण्डन गरे । मुख्य पात्रमा कार्की छन् भने लक्ष्मी बर्देवा, अभय बराल लगायत सहायक भूमिकामा । माघ २४ रिलिज मिति हो ।

‘यो मेरो जीवनको कथा समेत हो’ अभिनेता कार्की सुनिए, ‘मैले आफ्नै कथा ठानेर मनदेखि खेलेको छु ।’ उनी निर्माता सुवास थापा र राउतको अघिल्लो फिल्म ‘प्रसाद’मा समेत थिए ।

Share.

About Author

Leave A Reply