यस्तो छ मीन भामको ‘चिसो वर्ष’ तयारी, २०२२ मा छायांकन सकिने

0

‘कालोपोथी’ रिलिजपछि निर्देशक मीन भाम चासोको केन्द्रमा छन् । धेरैलाई थाहा छैन, उनी कहाँ के गर्दैछन् । निर्देशकीय कमब्याकको लागि उनी यतिबेला तयारीमा छन् ।

उनी नयाँ फिल्म ‘चिसो वर्ष’ (अ इयर अफ कोल्ड)को पटकथा लेखनमा व्यस्त छन् । प्रायः हिमाली जीवन चित्रण गर्ने भामले यसपटक पनि उच्च हिमाली भेगमा विद्यमान बहुपति प्रथाको कथा पेश गर्दैछन् ।

फिल्मलाई डोल्पा, मनाङ र मुस्ताङमा छायांकन गर्ने तयारी छ । पात्र, स्थान र सन्दर्भका लागि उनी हिजोआज बौद्ध, स्वयम्भु र नमोबुद्धसम्म पुगेर मुड बनाउँदैछन् । काठमाडौंमा बस्ने हिमाली भेगका मान्छेसँग भेटेर जानकारी लिँदैछन् उनी ।

मानसिक र बौद्धिक तयारीसँग उनको शारीरिक तयारी पनि छ । हिमाली क्षेत्रमा छायांकन गरिने भएकाले डेढवर्षदेखि चुरोट पिउन छाडेको बताउँछन् उनी । तौल घटाउन भोजको मात्रा मिलाउँदैछन् ।

मीन स्क्रिप्ट लेखनको अन्तिम चरणमा आइपुगेका छन् । फेव्रअरीदेखि जुलाइसम्म हिमाली गाउँमा बस्ने तयारीमा छन् उनी । तिब्बती भाषा पनि सिक्नेछन् । २०२२ मा छायांकन सक्ने तयारी छ ।

Share.

About Author

Leave A Reply