अस्कर मनोनयन घोषणा : ‘जोकर’ सर्वाधिक ११ विधामा छानियो

0

नेपालमा समेत उधुम मच्चाएको फिल्म ‘जोकर’ सर्वोत्कृष्ट फिल्म, निर्देशक, अभिनेता र एडप्टेड पटकथासहित अस्कर अवार्डको ११ विधामा मनोनित भएको छ । अन्य आठ फिल्मले जोकरलाई पछ्याएका छन् ।

सर्वोत्कृष्ट फिल्म विधामा १९१७, फर्ड भर्सेस फेरारी, जोजो रोबिट, लिटल वुमन, म्यारिज स्टोरी, वन्स अपन अ टाइम इन हलिउड र प्यारासाइट पनि छानिएका छन् ।

जोकरपछि आइरिस म्यान, १९१७ र वन्स अपन अ टाइम इन हलिउड १० विधामा मनोनित छन् । जोजो रोबिट, लिटल वुमन, म्यारिज स्टोरी र प्यारासाइट ६ विधामा मनोनयन छन् ।

९२ औं अस्कर अवार्ड आगामी फेव्रअरी ९ मा हुँदैछ ।

Share.

About Author

Leave A Reply