‘क्याप्टेन मार्भल २’ बन्ने

0

पटकथा लेखक पाएपछि मार्भललाई क्याप्टेन मार्भल निर्माणमा रुचि जागेको छ । हलिउड रिपोर्टरका अनुसार बिलियन डलरभन्दा बढी कमाइ गरेको सुपरहिरोइन फिल्मको सिक्वेल निर्माण सुरु भएको छ ।

वान्डाभिजन फेम्ड लेखक मेगन म्याकडनेलले क्याप्टेल मार्भल २ लेख्नेछन् । ब्राय लार्सन र सामुयल ज्याक्सन मुख्य भूमिकामा हुनेछन् । वितरकको विवादमा फसेको फिल्मले नेपालमा भने खास कमाइ गर्न सकेन ।

आगामी २०२२ मा फिल्म रिलिज हुने जनाइएको छ । यसअघि सन् १९९० को कथावस्तु चित्रण गरेको फिल्मले दोस्रो श्रृंखलामा भने वर्तमान समयलाई प्रस्तुत गर्ने भएको छ ।

Share.

About Author

Leave A Reply