धुर्मुस– दयाहाङ स्टारर ‘सेन्टी भाइरस’ ट्रेलर लन्च

0

सीताराम कट्टेल धुर्मुस र दयाहाङ राई स्टारर ‘सेन्टी भाइरस’को अफिसियल ट्रेलर लन्च भएको छ । बुधबार राजधानीमा आयोजित प्रेसमिटमा पब्लिसिटी समेत घोषणा गरियो ।

राजनीतिले वैवाहिक जीवन र घरमा ल्याउने द्धन्द्धको कथा फिल्मले पेश गर्छ । पति र पत्नी भिन्न राजनीतिक दलमा हुँदा भैपरि आउने घर झगडा फिल्मको कथावस्तु हो ।

‘कबड्डी’ सिरिज फेम्ड रामबाबु गुरुङ निर्देशित फिल्ममा कुञ्जना घिमिरे सुन्तली, बुद्धि तामाङ, विल्सनविक्रम राई लगायतको भूमिका छ । फागुन ९ गते शिवरात्रीमा फिल्म रिलिज हुँदैछ ।

Share.

About Author

Leave A Reply