काँचको पर्दामा निर्मल शर्माको कमब्याक, हेर्नूस ‘टेन टु फाइभ’ पहिलो एपिसोड

0

‘तीतो सत्य’ले उनलाई ब्रान्ड तुल्यायो । अहिले ‘तीतो सत्य’ बन्द छ । उनको सिनेम्याटिक जोस भने निरन्तर छ । उनी अर्थात निर्मल शर्मा । शर्मा झन्डै वर्षपछि काँचको पर्दामा कमब्याक भएका छन् ।

उनी निर्देशित कमेडी सिरिज ‘टेन टु फाइभ’ले भर्खर प्रसारण थालेको एपीवान टिभीबाट आफूलाई प्रदर्शन थालेको छ । यो अफिस रुम ड्रामाको विशेषता नेपाली कर्पोरेट कार्यालयको विसंगतिलाई व्यंग्य हान्नु हो ।

यसका लागि निर्मलले आफूले ‘तीतो सत्य’ र फिल्ममा टीमअप गरेका कलाकारलाई लिएका छन् । ‘टेन टु फाइभ’को पहिलो एपिसोडले इन्टरनेट ल्यान्ड गरेको छ । दर्शकले एपिसोड हेरेरै शर्माको पुनरागमनलाई स्वागत गरेका छन् ।

भिडियो हेर्न क्लिक गर्नूस :

Share.

About Author

Leave A Reply