‘चारआना मसला’ गीतमा टीकटक भिडियो जित्नेले बैंकक घुम्न पाउने

0

चपली हाइटको तेस्रो श्रृंखलाले पब्लिसिटी थालेको छ । उसले आफ्नो नयाँ गीत ‘चार आनाको मसला’माथि टीकटक भिडियो प्रतिस्पर्धा आह्वान गरेको छ । विजेताले थाइल्यान्ड घुम्ने मौका पाउनेछन् ।

फागुन २८ गते विजेता घोषणा गरिने भएको छ । स्वस्तिमा खड्का र सुपुष्पा भट्ट फिचर्ड उक्त गीत अहिले भिडियो साझेदारी साइट युट्युवमा निकै रुचाइएको छ ।

चैत २८ गते रिलिज हुने फिल्मलाई निकेश खड्काले निर्देशन र अर्जुन कुमारले निर्माण गरेका हुन् । क्राइम थ्रीलर ड्रामामा स्वस्तिमा र सुपुष्पासहित आमिर गौतमको मुख्य भूमिका छ ।

Share.

About Author

Leave A Reply