ओपनिङ अकुपेन्सी : एकलमा ‘साङ्लो’, मल्टिप्लेक्समा ‘सेल्फी किङ’

0

शुक्रबार रिलिज भएका दुबै फिल्मले बक्सअफिसमा औषत थालनी गरेका छन् । मल्टिप्लेक्समा ‘सेल्फी किङ’ र एकल पर्दामा ‘साङ्लो’को अकुपेन्सी राम्रो रहेको हल संचालकले जनाएका छन् ।

राजधानीको गोपिकृष्ण, अष्टनारायण लगायतका हलमा विराज भट्ट स्टारर साङ्लो अकुपेन्सी ५० प्रतिशत माथि छ । दर्शकलाई हौसला दिन अभिनेता भट्ट र अभिनेत्री निकिता चान्डक हलहल पुगे ।

ओपनिङलाई लिएर अभिनेता भट्ट उत्साहित देखिए । उनले यसलाई आफ्नो सुखद कमब्याकको रुपमा अथ्र्याए । डेब्यु गर्ल एवं पूर्वमिस नेपाल चाण्डक समेत दर्शकीय प्रतिक्रियाबाट उत्साहित सुनिइन् ।

मल्टिप्लेक्समा भने बिपिन कार्की स्टारर सेल्फी किङको अकुपेन्सी राम्रो छ । तिहारपछि लगभग सुख्खा देखिएका नेपाली फिल्म हलमा पुनः दर्शकीय उपस्थिती देखिएको अनुमान गरिएको छ ।

Share.

About Author

Leave A Reply