‘प्यारासाइट’ले जित्यो अस्कर, एसियाली उदयको सुरुआत

0

दक्षिण कोरियाली फिल्म ‘प्यारासाइट’ले यसवर्षको अस्कर अवार्डमा बाजी मारेको छ । उत्कृष्ट फिल्म, पटकथा, निर्देशन र अन्तराष्ट्रिय फिचर विधामा फिल्मले जित्यो ।

अर्को प्रतिस्पर्धी १९१७ ले जित्ने अनुमान धेरैको थियो । साम मेन्डेसको वार ड्रामा १९१७ ले जम्मा तीन अवार्ड मात्र जित्यो । जोकरले अभिनय र ओरजिनल स्कोर विधामा जित्यो ।

बोङ जोन हो प्यारासाइटबाट सर्वोत्कृष्ट निर्देशक बने । ज्याकिन फिनिक्स जोकरबाट उत्कृष्ट अभिनेता । जुडीबाट रीन ग्लेवेगर उत्कृष्ट अभिनेत्री बनिन् । वन्स अपन अ टाइम इन हलिउडबाट ब्राड पिट उत्कृष्ट सहायक अभिनेता घोषित भए ।

उत्कृष्ट निर्देशकको अवार्ड ग्रहण गर्दै होले स्कुलदेखि नै आफूले मार्टिन स्कोरसिजका फिल्म हेर्ने गरेको बताउँदै अस्करै जित्ने सपना कहिल्यै नदेखेको बताए । प्यारासाइटको अस्कर जितप्रति हलिउड मिडिया विभाजित भएका छन् ।

कतिपयले यसलाई एउटा खराब सपना भनेका छन् भने कतिपयले वास्तविक समावेशिता । कतिपय क्रिटिक्सले प्यारासाइट जितलाई एसियाली उदयको रुपमा लिएका छन् ।

Share.

About Author

Leave A Reply