‘धुलो’ गीत इन्टरनेट रिलिज : प्रदर्शन मिति– सिनोप्सीससहित

0

फिल्म ‘धुलो’ले पहिलो गीत सुखको अनुभूति भो इन्टरनेट रिलिज गरेको छ । प्रद्युम्न मिश्र निर्देशित सोसल ड्रामा फागुन १६ गते नेपाल रिलिज हुने भएको छ ।

गीतमा सृजना सुब्बा, बुद्धि तामाङ, अग्रज केसी र सुदीप कार्की फिचर्ड छन् । कविराज गहतराजको नृत्य निर्देशन समावेश छ ।

ठूलो मान्छे बनाउन एक गरिब बाउले छोरालाई शिक्षादिक्षा दिलाएपनि छोराको लक्ष्य चाहिँ खलाँसी बन्ने हुन्छ । के उक्त छोरा लक्ष्य प्राप्तीमा सफल होला ? फिल्मको कथासारांश हो यो ।

रविन आचार्यको छायांकन, अर्जुन जिसीको सम्पादन र सुवाससिंह बस्न्यातको पटकथा लेखन छ । फिल्ममा नीर शाह र सुशिल पोखरेलको अतिथि भूमिका छ ।

Share.

About Author

Leave A Reply