‘प्यारासाइट’ निर्देशकलाई नेपालको बधाइ !

0

नेपालको तर्फबाट बधाइ : नेपाली फेसन डिजाइनर प्रबल गुरुङले अस्कर अवार्ड जितप्रति ‘प्यारासाइट’ निर्देशक बोङ जुन होलाई भेटेर बधाइ दिएका छन् । मूभिमान्डुसँग कुरा गर्दै गुरुङले आफूले नेपाल भनेर होलाई चिनाएको बताएका छन् ।

बोङ निर्देशित फिल्म प्यारासाइटले उत्कृष्ट फिल्म, निर्देशन, पटकथा लगायतका विधामा जितेको थियो । ‘उत्कृष्ट कला वैयक्तिक हुन्छ र त्यसलाई मीठोसँग भन्ने मान्छे तिमीबाहेक अर्को छैन’ गुरुङले ट्वीटरमार्फत लेखेका छन् ।

गुरुङ पछिल्लो समय हलिउडमा समावेशिताको माग गर्न सक्रिय छन् । गतवर्ष क्रेजी रिच एसियन्समा उनी खुलेरै सहभागि भए । न्यूयोर्क फेसन वीकमा समेत गुरुङले समावेशी संस्कृतिको वकालत गर्दै पहिरन डिजाइन गरेका थिए ।

Share.

About Author

Leave A Reply