‘म यस्तो गीत गाउँछु २’ ट्रेलर : जान्नूस कथावस्तु

0

सुदर्शन थापा रोमान्टिक फिल्म बनाउन खुबी राख्छन् । उनी निर्देशित नयाँ फिल्म ‘म यस्तो गीत गाउँछु २’ले ट्रेलर लन्च गरेको छ । पल शाह र पूजा शर्मा फिचर्ड ट्रेलरले फिल्मको पटकथाबारे भन्छ ।

पूजा गायिका हुन्छिन् । पल शाह उनलाई रुचाउँछन् । यी दुबैजना प्रेममा पर्छन् । अब पूजालाई आफ्नो जीवनको लक्ष्य र प्रेममा सफलता हासिल गर्न परिवार अवरोध बनेको छ ।

फिल्मको मुख्य कथावस्तु यही नै हो । ग्लसी र म्युजिकल बनाउन निर्देशक थापाले मिहेनत गरेका छन् । फागुन ३० गते फिल्म रिलिज हुँदैछ । हेर्नूस रोमान्टिक ट्रेलर :

Share.

About Author

Leave A Reply